दफा २५
अतिरिक्त दस्तुर लगाउने
(१) उपभोक्ताले सेवा उपयोग गरेबापत तिर्नु पर्ने महसुल निर्धारित समयभित्र नतिरेमा वा उपभोक्तालाई नियमित सेवाभन्दा थप सेवा उपलब्ध गराइएकोमा त्यस्तो उपभोक्ताबाट बोर्डले तोकिएबमोजिम अतिरिक्त दस्तुर असूलउपर गर्न सक्नेछ ।
(२) बोर्डसँग सम्भmौता गरी वा बोर्डको अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले समेत उपदफा (१) बमोजिमको अतिरिक्त दस्तुर लगाउन र उठाउन पाउनेछ ।